About Us

मानव सेवा सहयोग मेल मिलाप भएर बाँच्नु र अरुलाई पनि यसरी बाँच्ने अवशरहरु दिन सक्नु दिलाउन सक्नु नै मानवताको मुख्य कर्तव्य हो भन्ने मनन गरेर अगाडी बढ्न लागी रहेछौं ।

समाज सेवा र निर्धन, निर्वल, असाहायहरुलाई सक्दो सहयोग गरी आफ्नो जिवन नै समर्पित गर्र्ने यस यूगका महान समाज सेवी सम्माननिय व्यक्तित्व मदर टेरेसाका सामाजीक कार्यबाट प्रभावित भै हामीले पनि संस्थाको माध्यमबाट सामाजिक सेवा गर्ने भन्ने सोच लिएर यो संस्था NEPAL VISION INC लाई USA मा दर्ता गरी सकृय रुपमा संसारका जो कोही मानवहरुलाई सेवा पुर्याउने मुख्य उदेश्य राखी स्थापना गरेको हो ।

समाज सेवाको क्षेत्रमा नेपालीहरुको पोजिटिभ रेस्पोन्स छ भन्ने बुझोस् भनेर नाम नेपाल भिजन राखेको हो । संस्था दर्ता भएको केही महिना वितेपछी नेपालमा प्रलयकारी भुकम्प गयो नेपालमा ठूलो विपत्ती आई लाग्यो लाखौं संख्यामा घरहरु भत्कीयो दसौं हजार मानिसहरु म¥यो, नेपालमा ठूलो विपत्ती भयो । हामी सबै सदस्यहरु नेपाल तिर नै बडी केन्द्रीत भयौं । गत दुई वर्ष हाम्रो सामाजिक सहयोग कार्यहरु र नेपालीलाई सहयोग गर्ने र नेपाललाई हाइलाइट गर्ने कार्यहरुमा नै केन्द्रीत भयो । जसको कारण अन्य मुलुकहरुमा सहयोग गर्न सकेनौं ।
अवबाट क्रमश नेपालको साथै अन्य विपत परेका मुलुहरुमा र त्यहाँका वासीन्दाहरुलाई सकेको सहयोग गर्न प्रयास गर्ने छौं ।

उदेश्य र कार्यक्रम सन्क्षेपमा ः

राष्ट्रिय अन्तराष्ट्रिय मानविय सेवा गर्न समर्पीत यस संस्थाले अहीलेको नेपालको नाजुक अवस्था र दयनीय स्थीतिबाट गुज्रिरहेको नेपाल स्थीत नेपालीहरुलाई कसरी सेवा पुर्याउने रु कसरी प्रभावकारी तबर तरिकाबाट यो विपतीबाट माथी उठाउने रु कसरी ग्क्ब् स्थीत विभिन्न संघ संस्था डोनर एजेन्सीहरुबाट सहयोग संकलन गर्ने रु उनिहरुले गरेको सहयोग नेपालमा सदुपयोग नै हुन्छ भनेर कसरी बिश्वास दिलाउने रु डोनर एजेन्सीहरुको नेपालीहरु प्रतिको अबिश्वास आदी रु विगतमा डोनरहरुले दिएको नगद तथा जिन्सी प्राप्त गरी जनता सम्म पुर्याउँछु भनि विश्वास दिलाएर जिम्मा लिने सरकारी तथा गैर सरकारी निकाएहरुले इमान्दार पुर्वक कार्य गर्न नसकेको कारणबाट गुमाएको बिश्वास कसरी फर्काउने रु आदी इत्यादी विषयहरुको समस्यालाई समाधान गरी मुलुकको लागी सहयोग जुटाएर यो देखिएको विपत्तीबाट मुक्त गर्न भरीसक्दो प्रयास गरी समस्था समाधान गर्ने उदेश्य राखेका छौं ।

नेपालमा सहयोग गर्ने कार्यक्रमहरुको विवरण ः

प्राकृतिक प्रकोप र अन्य कारणहरुबाट आपतकालिन अवस्थाबाट दुःख पाई रहेकाहरुलाई तुरुन्त आपतकालिन सहयोग पु¥याउने ।
दैनिक समस्या समेत समाधान गर्न नसक्ने अत्यन्त न्यून आय भएकाहरुको क्षेत्र छुट्याएर संख्या निकाली अल्पकालीन सकेसम्म दीर्घकालीन सहयोग जुटाउन पहल गरी उपलब्ध गराइदिने ।

भुकम्प पिडित प्राकृतिक विपत्ती पिडितहरुको बालबालीकाहरुलाई न्यूनतम खाना र प्रथम चरणको शिक्षा दिने बारे कार्यक्रम परिचालन गर्ने । लोग्ने गुमाएका, आमाबाबु दुवै गुमाइ टुहुरा भएका बालबालीका आय श्रोत नभएकाहरुलाई बाँच्न पाउने अधिकार सुरक्षित गर्न कमसेकम न्यूनतम सहयोग लत्ता कपडा, केही आर्थीक सहयोग र रोजगारी सिप मुलक तालीमको व्यवस्था गरी यसलाई निरन्तरता दिने ।
शिक्षा विहिन महीला तथा पुरुषहरुलाई पौढ शिक्षा कार्यक्रम सञ्चालन गर्ने सो को लागी दिन भन्दा रातको समय बढी उपयूक्त हुनेहुदाँ सोही अनुरुप कार्यक्रम सञ्चालन गराउने पनि उदेश्य राखेका छौं ।

अन्तराष्ट्रिय स्तरमा आपत विपत परेको सबैलाई सहयोग जुटाई दिने उदेश्य लिएर स्थापना गरेको भएतापनि विगतमा नेपालमा प्रलयकारी भुकम्पबाट दशौं हजर मानिसहरुको मृत्यू भयो, लाखौं मानिसहरु भुकम्पको समस्याबाट प्रभावित भए, अझैसम्म पिडित परिवारहरु त्यो विपत्तीबाट उठ्न नसकेको र हालसम्म भत्केको ८९६०० घर मध्ये १०५ मात्र बनेको बाँकी अहिलेसम्म पनि पाल टाँगेर नै बस्न बाध्य भएको हुँदा यो संस्थाले नेपाललाई बडी फोकस गर्न बाध्य हुनु परेको हो । यसको लागी अन्यथा नसोचिदिन हुन अनुरोध गर्दछौं ।
अन्य थप नेपालमा गर्नुपर्ने सहयोग सम्बन्धी विषयहरु स्थलगत निरिक्षण पछि तय गर्ने ।

यो एक वृहत रुपको कार्यक्रम भएको हुदा ठूलो आर्थिक सहयोग जुटाउन आवश्यक भएको छ । यसको लागी अन्तराष्ट्रिय स्तरमा एक गहकिलो विस्वासिलो वातावरण तयार गर्न पर्ने हुदा बुद्धीजिबी अर्थविदहरु योजनाविदहरु आदी सम्बन्धीत निकाएका स्वदेशी तथा विदेशीहरु समावेश भएको सेमिनार गरी पुनर्निमाण सम्बन्धी समस्या समाधानको लागी उपाय पत्ता लगाई कार्यान्वयन गर्ने । यस्तो सेमिनार सर्व प्रथम न्यूयोर्कमा गर्ने । आवश्यकता अनुशार अन्य मुलुकहरुमा र नेपालमा पनि गर्न सकिने छ ।

USA स्थीत नेपालीहरु र अन्य मुलुकका सहयोग आवश्यक भएकाहरुको लागी गरीने कार्यक्रमहरु ः

(१) परि आएको आकस्मीक समस्याहरु दैवि प्रकोप, यातायात दुर्घटना, परिवन्धमा परी बन्दी जिवन विताउन पर्ने अवश्था आई पर्नेहरुलाई निसुल्क कानुनी सहयोग गरी विपतबाट बचाउन प्रयास गरी दिने ।

(२) बिमार परि आर्थिक अभावका कारणबाट औषधी उपचार गर्न असक्षम, इन्सुरेनसले कभर नगर्ने र उपचार गर्न नसके मृत्यूसम्म हुन सक्ने अवस्थाका बिरामीहरुलाई आवश्यक आर्थिक सहयोग जुटाइदिने ।

(३) घर परिवारबाट तिरस्कृत भै वा नभै समस्यामा परेका वृद्ध मान्यजनहरुलाई परेको पिर मर्का बुझि आवश्यक सहयोग गर्ने निशुल्क उपचार आवत जावत गर्न निशुल्क टिकटको व्यवस्था बिहान देखी बेलुकासम्म सबै एकै ठाउँमा बस्ने र खाने व्यबस्था, समाचार अन्य ज्ञान हासील गर्दै जानको लागी श्रव्य दृश्यका इलेक्टोनिक मिडियाको साधनहरु पनि राखि दिने हाललाई Queens मा सञ्चालन गर्ने र क्रमश यसलाई स्तरीय बृद्धा आश्रममा परिणत गर्ने ।

(४) उमेर बढी भएको कारण वा भाषाको समस्या भएको कारण वा अन्य कारणहरुबाट रोजगारी पाउन नसकेकाहरुलाई सम्बन्धित सामाजिक संस्थालाई अनुरोध गरी रोजगारीको व्यवस्था गरी दिने ।

(५) ५० वर्ष भन्दा माथीका भइकन पनि काम गर्न सक्ने क्षमता भएकाहरुलाई कामको व्यवस्था मिलाईदिने । यसको लागी कुनै शुल्क लाग्ने छैन । सिनियर सिटिजनहरु र अरु बृद्ध मान्यजनहरुको सिटिजन आवेदन फर्महरु पनि यस अफिसबाट निशुल्क रुपमा भरीदिइने छ ।
(६) कानुनी सहयोग जुटाउन नसकी वा सम्बन्धीत निकायमा पारीश्रमीक तिर्न नसकी अन्याय सहेर बस्न वाध्य भएका व्यक्तिहरुलाई आवश्यक सहयोग, निशुल्क कानुनी सेवा उपलब्ध गराई अन्यायमा पर्नुबाट बचाउने ।

(७) नेपालको विकाश र प्रगती टुरिजम प्रमोसन निर्यात प्रवर्धन र मुलुकको आकर्षित कल्चरलाई अमेरीकी र अन्तराष्ट्रिय बजारमा प्रभावकारी ढङ्गबाट प्रस्तुत गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने । यस्तो कार्यक्रमहरुमा विदेश स्थीत नेपालीहरुको संघसंस्थाहरुलाई पनि समाबेश गर्ने ।

(८) USA स्थीत नेपालीहरुको सहयोगबाट मात्र यस संस्थाको योजना अनुसारको कार्यक्रमहरु सञ्चालन गर्न आर्थिक श्रोत पर्याप्त नहुन पनि सक्छ । त्यसैले USA स्थीत बिभिन्न सम्वन्धीत संघ संस्थाहरुसंग अनुरोधको साथै बिभिन्न सेमिनारहरु गरी उनिहरुलाई कन्भीन्स गरी सहयोग जुटाउने प्रयास गर्ने छौं । हरेक सम्बन्धीत संघ संस्थाहरु संग यस संस्थाको सम्बन्ध निरन्तर भई नै रहने छ । सम्बन्धीत इच्छुक संस्थाहरुलाई पुनः सहयोग गर्न आवश्यक पहलहरु गर्ने । नेपाल र नेपालीको लागी सहयोग पुर्याउन निमित्त संचालन गरेको हरेक स्तरीय सेमिनारहरुमा वहाँहरुलाई पनि सहभागी गराउने, सधै किप एण्ड टचमा रहने ।

(९) हरेक संघ संस्था वा व्यक्तिले यस संस्था मार्फत दिएको रकम वा जिन्सीलाई प्रष्ट रुपमा बुझीने गरी फाँटवारी आम्दानी खर्चको विवरण दिने र पाउनेहरुको नामावली सहीत स्टेटमेन्ट प्रस्तुत गर्दै जाने छौं र विषेस गरी नेपाल स्थीत भुकम्प पिडितहरुलाई र अन्य असाहायहरुलाई कसरी प्रत्येक्ष रुपमा उनिहरु सम्म सहयोग पुर्याउने त भन्ने बारे छलफल कार्यक्रम सेमिनारहरुको माध्यमबाट डोनरदाताहरुलाई मोटिभेट गरी विस्वासको वातावरण सृजना गर्ने ।

(१०) पहिलो पटक न्यूयोर्कबाट सुरु गरेपछि अन्य स्थानहरुमा कार्यक्रमहरु गर्दै लाने, ल्बड डोनेशन कार्यक्रम विभिन्न शहरहरुमा सञ्चालन गर्ने यस्को जानकारी अग्रीम सबै सदश्यहरुलाई दिने र कार्यक्रम गर्ने शहरको नाम ठेगाना सबै उल्लेख गरी बिभिन्न मेडीयाको माध्यमबाट जानकारी गराउने । सबैमा पूर्ण जानकारी गराई प्रभावकारी ढङ्गबाट कार्यक्रम सञ्चालन गर्र्ने ।

तत्काल Queens मा गर्न लागेको कार्यक्रम ः

यस संस्था काम गर्न सक्षम छ र नेपालबारे फेरी एक पटक सम्झना गराउनको लागी पनि यस संस्थाले यस वर्षभित्र २०१७ मा न्यूयोर्कको मुख्य टुरिष्ट यरिया संसारकै प्रख्यात सहर म्यानह्याटन मा Flash Mob  सांस्कृतिक सो देखाउने आयोजना गरिरहेका छौं । यसमा ५० देखि १०० जनाको डान्स हुनेछ । अरु सहभागी २०० देखि ३०० जना नेपालीहरु हुनेछ भने हजारौं संख्यामा विदेसी टुरिष्टहरु र स्वदेशीहरु हुनेछन् । यस कार्यक्रमको सफलता पछि बिभिन्न मुलुकको डोनर एजेन्सी र डोनरहरुले यस संस्थालाई राम्ररी विश्वास र भरोसा गर्नेछन् । यो न्यूज प्रोग्राम संसारभर Youtube, Google र अन्य मिडियाको माध्यमबाट संसार फैलिने छ । मिडियाहरुलाई सहभागी भै मद्धत गरी दिनु हुन एक महिना अगाडी नै सुचना गर्ने छौं । यसरी नै निरन्तर विभिन्न कार्यक्रमहरु मुलुकको हित खातीर समय समयमा गरी नै रहने छौं ।

समय अनुकुल सामुहिक कार्यक्रमहरुको ओपन सो गर्ने अन्तराष्ट्रिय मिडियाबाट कभर हुने गरी हाल चलनमा आएको छोटो मिठो Flash Mob जस्तो कार्यक्रमहरु म्यानह्याटन जस्तो अति व्यस्त क्षेत्रहरुमा गर्दै जाने । यसबाट नेपाल र नेपालीको पहिचान बढाउदै जाने । यस कार्यक्रमको सञ्चालन हुने खभलग र उदेश्य बारे विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको मिडियाहरुलाई उपस्थित हुन अग्रिम सुचना प्रवाह गर्ने ।

संस्था संचानल सम्वन्धी कार्यविधी ः
उल्लेख गर्न बाँकी अन्य थप गर्नुपर्ने कार्यक्रम विषयहरु यस संस्थाको वार्षीक र अर्धवार्षीक सभाबाट कार्यसमीतीको सदस्यहरु ट्रष्ट मेम्बरहरु र साधारण सदस्यहरुको निर्णय, सल्लाह र सुझाबअनुसार कार्यक्रमहरुलाई अगाडी बढाउदै लाने उदेश्य राखेको छौं ।

विदेश स्थीत डोनर एजेन्सीहरु हाल नेपाललाई र USA मा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्न इच्छुक छन् तर यसको लागी वातावरण छैन, भरपर्दो सबैतिर समेट्नसक्ने संस्था छैन । संस्था वा कम्पनीहरुलेल डोनेटगर्दा ट्याक्स नलाग्ने र अनुदान दिएको रकमको पनि ट्याक्स रिटर्न हुने अर्थोरिटी भने हुन अनिवार्य छ, अन्यथा सहयोग गर्न मन पराउदैनन् । यहाँको सरकारले हाम्रो यस संस्था NEPAL VISION INC लाई मिति अक्टोबर 14, 2015 मा रजिष्टर स्वीकृति प्राप्त भयो र मिति जनावरी 4, 2017 मा 501 (C) EIN 463598871 जस्तो गरीमामय विस्वासीताको अधिकार प्रदान गरी सकेको छ ।

यस संस्था सम्बन्धी अन्य थप जानकारीको लागी  www.nepalvision.org  हेर्नुहुन अनुरोध छ ।
हरेक ६ महिनामा आय व्याय विवरण साधारण सभाको मिटिङ्गबाट पारित गरीने छ । साधारण सभाको सदस्य अब बन्ने सदस्यहरु र यस अघि बनेका सदस्यहरु हुनेछन् । त्यसैले १८ वर्ष माथीका ग्क्ब् स्थीत नेपालीहरु सदस्य भै दिनु भै सहयोग गरी दिन हुन अनुरोध गर्दछौं ।